
दाङ । रड प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–४ तल्लो हलवार बस्ने ४३ वर्षीय पेण्डुवा चौधरीलाई ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीको हत्या गरेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेका पेण्डुवाले स्टिलको रड प्रहार गर्दा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय तुलसीपुर, प्रहरी चौकी खाद्रे र अस्थायी प्रहरी पोष्ट पर्सनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।