Logo
Logo

तनहुँमा ट्रक पल्टिँदा दुई जनाको मृत्यु, चालक फरार


378
Shares

तनहुँ । तनहुँमा मिनी ट्रक पल्टिँदा ट्रकमा सवार दुई जनाको मृत्यु भएको छ । तनहुँ देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडक खण्डमा दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग १ ख ४१८१ नम्बरको को मिनी ट्रक गएराति सडकदेखि अन्दाजी ५०० मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मिनी ट्रकमा सवार चालकसहित ३ जनामध्ये २ जना घाइतेको उपचारको लागी दमौली अस्पतालमा पठाइएको थियो । सोमबार बिहान साढे दुई बजेतिर चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा तनहुँ देवघाट गाउँपालिका–३ दगारा बस्ने ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेका छन् । चालक फरार भएपछि उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्