Logo
Logo

सशसस्त्र प्रहरी बल ९ नम्बर बाहिनीद्वारा ह्वील चियर हस्तान्तरण


1.4k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको २३औं बार्षिक उत्सवको अवसरमा जन सम्बन्धलाई थप प्रगाढ बनाउने संगठनको उद्देश्यअनुसार पशुपतिनाथ मन्दिर परिसरको जिर्णेद्धार मर्मत तथा अशक्त भक्तजनको सहजताको लागि ह्वील चियर हस्तान्तरण गरेको छ ।

क्विीक इम्प्याक्ट पोजेक्ट अन्तर्गत कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालको ९ नम्बर बाहिनीका सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाबाट पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार क्षेत्रीलाई दर्शनार्थीको सहजताका लागि निशुल्क प्रयोग गर्न मिल्ने ४ वटा ह्विल हस्तान्तरण गरेका थिए ।

साथै, पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने स्वदेशी तथा विदेशी भक्तजनका सरलताका लागि ६ बर्षदेखि निर्माण गर्नुपर्ने अवस्थामा रहेको मन्दिरभित्रको यज्ञशालाका टुटफुट भएका मार्बलको पुनःनिर्माण, मर्मत सम्भार तथा मन्दिर परिसर र मन्दिरको बाहिरी भागमा जिर्णेद्धार ढुङ्गाहरु मर्मत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्