Logo
Logo

पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएपछि दिपेशको चेतावनी- आत्मघाती बम बन्न नपरोस् !



काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति महासचिव दिपेश पुनले विरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् त्यसलाई सहेर नबस्ने चेतावनी दिएका हुन् ।

उनले धेरै खेलासी नठान्न चेतावनी दिएका छन् । उनले लेखेका छन्– ‘ए जिस्काएको ? हाम्रो सुप्रिमोलाई सर्वोच्चमा विभिन्न नाममा मुद्दा हालेर बुढाहरुलाई थकाई सकियो, अब नयाँ पुस्तालाई चेक गर्न खोजेको ? अरे हामी मर्न हिँडेर सँगसँगै सहयोद्धाहरुलाई हातैले जमिनमा गाडेर सहयोद्धाको रगतले लत्पतिएको बन्दुक बोकेर आएको यार । धेरै खेलासी नठान है, नाफाको जीन्दगी हो । कसैसँग मतलब छैन। आत्मघाती बम बन्न नपरोस् !’

१५ वर्षअघिको हत्या घटनामा जिल्ला अदालत सुर्खेतले नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या आरोपमा जाहेरी परेपछि जिल्ला अदालतले सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

प्रहरीका अनुसार किटानी जाहेरीमा नाम उल्लेख भएका कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएका सिंहसहित पदमबहादुर रावत , बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका वीरबहादुर मल्ल र अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरीले २०७९ साउन १३ गते पक्राउका लागि पुर्जी माग गरेको थियो । २०६५ फागुन २६ गते राजबहादुरको खुकुरी प्रहार गरी हत्या गरिएको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त मुद्दाको अनुसन्धान अघि बढेको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्