Logo
Logo

राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिनु नपर्ने



काठमाडौं । राहदानी विभागले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रणाली प्रयोग गर्ने भएको छ । उक्त सफ्टवेयर प्रयोगमा ल्याएमा सेवाग्राहीले राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिनु नपर्ने अधिकारीहरुले बताएका छन् ।

सोमबार यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला र परराष्ट्रमन्त्री एनपी साउदबीच छलफल भएको छ ।

परराष्ट्रमन्त्री साउदका प्रेस संयोजक केशव सावदका अनुसार यसले राहदानी वितरण सेवालाई सहज बनाउनेछ ।
बैठकपछि सम्बन्धित विभागहरुलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गर्न निर्देशन दिएको पनि परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउँदा सेवाग्राहीले फोटो खिचाउने र बायोमेट्रिक्स दिँदै आएका छन् । परराष्ट्र मन्त्रालयले राहदानीका लागि उक्त परिचय पत्र अनिवार्य गरेको छ । अहिले सेवाग्राहीले पञ्जीकरण विभागमा बायोमेट्रिक्स दिए पनि राहदानीका लागि राहदानी विभागमा समेत अनिवार्य बायोमेट्रिक्सका लागि उपस्थित हुनैपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्