Logo
Logo

माघ २२ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको निर्णय 


1.3k
Shares

काठमाडौँ  ।  सरकारले आउँदो माघ २२ गते सङ्घीय संसद् अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । 

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले माघ २२ गते दिउँसो ४ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आव्हानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिए ।

संसदको अधिवशेन आह्वान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । यसअघि कात्तिक १६ गते रातिबाट संसदको बजेट अधिवेशन अन्त्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्