Logo
Logo

सानुभाइ समूहले फेरि थाल्यो गुण्डागर्दी, हतकडीसहित ठमेल घुमाउँदा पनि सिकेनन् सबक 


12.1k
Shares

काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैंटेका सहयोगी मानिने सानुभाइ भनिने युवराज गुरुङ नेतृत्वको समूहले ठमेलमा फेरि गुण्डागर्दी थालेको छ ।

उक्त समूहले गत शनिबार प्लेब्वाइ क्लबको पार्किङमा बागलुङ घर भएका एक पुरुषमाथि कुटपिट गरेको हो । गुण्डागर्दीमा संलग्नलाई ‘सबक’ सिकाउने भन्दै प्रहरीले उक्त समूहलाई गत साउनमा हतकडीसहित ठमेल घुमाएको थियो । यसरी प्रहरीले ठमेल घुमाएको ६ महिनापछि फेरि उक्त समूह कुटपिटमा संलग्न भएको हो । 

पीडित युवकको अनुहार र शरीरका विभिन्न भागमा नीलडाम रहेको प्रहरीले जनाएको छ । पिटाइ खाएका युवकले ७ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन् । पिटाइ खाने युवक प्लेब्वाईकै पूर्वबाउन्सर हुन् ।

प्रहरी वृत्त दरबारमार्गमा जाहेरी आएपछि दरबारमार्ग प्रहरीले पार्किङ लटको क्लोज सर्किट (सीसी) टीभी फुजेट समेत मगाएको छ । त्यसमा पनि कुटपिट भइरहेको दृश्य देखिएको प्रहरीले जनाएको छ । 

गत असार १५ गते यो समूहले ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङसहित त्यहाँका कर्मचारीलाई कुटपिट गरेको थियो । सो घटनामा पक्राउ परेको उक्त समूहलाई प्रहरीले हतकडीसहित ठमेलमा घुमाएको थियो ।

गत साउन १० गते जिल्ला अदालतले उनीहरुलाई १० हजार धरौटीमा छाड्न आदेश दिएको थियो । 

प्रतिक्रिया दिनुहोस्