Logo
Logo
राष्ट्रियसभा निर्वाचन

शेखरद्वारा निर्वाचन आचारसंहिता उल्लंघन, शून्य समयमा चियापान कार्यक्रम


504
Shares

विराटनगर । निर्वाचन आचारसंहिता उलंघन गर्दै नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चियापान कार्यक्रम आयोजना गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य कोइरालाले राष्ट्रियसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित निर्वाचनका मतदाता र प्रदेशसभाका सदस्य तथा स्थानीय तहका जनप्रतिनिधि बोलाएर आफ्नो निवासमा चियापान कार्यक्रम गरेका हुन् ।

शून्य समयको बेला उम्मेदवार र मतदाता सहभागी गराएर कुनै पनि भेला, भोजभतेर र कार्यक्रम गर्न नपाउने निर्वाचन आचारसंहिता छ । तर, त्यसलाई उल्लंघन गर्दै नेता कोइरालाले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरी खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईँलगायत सहभागी थिए ।

चियापानमा कांग्रेसका कोशी प्रदेशसभा सदस्यहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी थिए । राष्ट्रियसभाको निर्वाचन बिहीबार हुँदैछ । कोशीका दुई सिटमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्