Logo
Logo

बागमतीमा सत्ता गठबन्धनले जित्यो चारै सिट



काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट सत्ता गठबन्धनका चारै जना उम्मेदवार विजयी भएका छन् । महिला र दलित, अल्पसंख्यक तथा अपांगता र अन्य क्लष्टरतर्फ सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

महिलातर्फ नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनीले ६ हजार ६२२ मतभारसहित विजयी भए । उनले नेकपा (एमाले)का उम्मेदवार रोचकुमारी चौलागाईंलाई पराजित गरे । चौलागाईंले दुई हजार ५५२ मतभार ल्याए ।

दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भए। उनले ६ हजार ५१२ मतभार प्राप्त गरे। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार ध्रुवराज विश्वकर्माले तीन हजार ५२ मतभार प्राप्त गरे।

अन्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार जितजंग बस्नेत निर्वाचित भए । उनले ६ हजार ५३१ मतभार ल्याउँदा नेकपा एमालेका त्रिलोचन निर्मल पौडेलले दुई हजार ३५९ मतभारसहित पराजित भए ।

अल्पसंख्यक तथा अपांगतातर्फ नेकपा (एमाले) का उम्मेदवार विवेक देवकोटा पराजित गर्दै माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी निर्वाचित भए । अधिकारीले ६ हजार ४३६ मत प्राप्त गर्दा प्रतिस्पर्धी देवकोटाले दुई हजार ७३४ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्