Logo
Logo

कांग्रेससँग सहकार्य भंग गर्ने माओवादीको चेतावनी


4.5k
Shares

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले कांग्रेसले धोका दिएको भन्दै कोशीमा कांग्रेससँगको सहकार्य भंग हुन सक्ने बताएका छन् ।

बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा माओवादीका उमेद्वार चम्पादेवी कार्की पराजित भएपछि नेम्वाङले कोशी प्रदेशमा कांग्रेससँगको सहकार्य भंग हुने चेतावनी दिएका हुन् ।

कांग्रेसले गठबन्धनका नाममा माओवादीलाई पटकपटक धोका दिएको बताउँदै उनले गठबन्धन टिकाउने नाममा कांग्रेसकै कारण यसअघि संसदमा माओवादीले सभामुख गुमाएको बताए । ‘अहिले पनि हाम्रा उम्मेदवार पराजित भएका छन्’ उनले भने, ‘पार्टी नेतृत्वले केन्द्रमा सहकार्य गरेपनि प्रदेशमा कांग्रेससँग सहकार्य भंग गर्छौ ।’

कार्कीलाई पराजित गर्दै एमालेकी रूक्मिणी कोइराला विजयी भएकी छन् । कोशीमा १६ जना स्थानीय तहका गठबन्धनका प्रतिनिधि ३ जना प्रदेश सांसद फलोर क्रस गरेर कोइरालालाई मत हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्