Logo
Logo

विकास केसी र समाज गौतम बने वीर अस्पतालको सहायक निर्देशक



काठमाडौं । वीर अस्पतालको सहायक निर्देशकमा दुई चिकित्सक नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुक्रबार डा. विकास केसी र डा. समाज गौतमलाई सहायक निर्देशकमा नियुक्त गरेका हुन् ।

वीरमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत दुईजना सहायक निर्देशक रहने व्यवस्था छ । डा. केसी र गौतम दुवै राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन हुन् ।

यसअघि सहायक निर्देशक रहेका डा. श्रवणकुमार थापालाई स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा निर्देशकमा सरुवा गरेपछि वीरमा सो पद रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस्