Logo
Logo

प्रहरीले अध्यागमनका कर्मचारी कुटेको बारेमा समिति बनाएर छानबिन गरिँदै



काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटेको प्रति छानबिन हुने भएको छ । गृह मन्त्रालयले विमानस्थलनमा आज भएको घटनाको बारेमा छानबिन गर्न छानबिन समिति समेत गठन गरेको छ ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी गर्दै घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको बताएका छन् ।

शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद भयो ।

अध्यागमन अधिकृत मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भनेर प्रश्न गरेका थिए ।

त्यो विवादका क्रममा आफूलाई प्रहरीले कुटपिट गरेको अध्यागमन अधिकृत मोक्तानले बताएका थिए । यसको गुनासो आएपछि अध्यागमनले सीसीटीभी फुटेज हेरेको थियो । फुटेजमा पनि प्रहरी जवानले अध्यागमन अधिकृत मोक्तानमाथि दुव्यर्वहार गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्