Logo
Logo

काभ्रेमा कारले स्कुटरलाई ठक्कर दिँदा चारजना घाइते


1k
Shares

बनेपा । काभ्रेमा कारले स्कुटर र एउटा गाडीलाई ठक्कर दिँदा चारजना घाइते भएका छन् । शुक्रबार राति साढे ९ बजेतिर बासघारीमा धुलिखेलबाट बनेपा आउँदै गरेको बा प्र.०१–२५ च ८४२५ नम्बरको कारले बा ८५ प ६५०६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

स्कुटरलाई ठक्कर दिएर अनियन्त्रित भएको कारले बनेपाबाट धुलिखेल जाँदै गरेको बा प्र ०१–२४ च ९४८५ नम्बरको योद्दा पिकअप गाडीलाई ठक्कर दिएको थियो । सो दुर्घटनामा सवारी साधनका चालकसहित चार जना घाइते भएको काभ्रेपलाञ्चोकका डिएसपी राजकुमार श्रेष्ठले बताए ।

प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक काभ्रेको पनौती नगरपालिका–११ का २८ वर्षीय मनोज तामाङ, कार चालक काभ्रेको धुलिखेल नगरपालिका–३ का ४० वर्षीय पारस श्रेष्ठ, त्यसमा सवार काभ्रेको नमोबुद्ध नगरपालिकाकी २२ वर्षीया लक्ष्मी गजमेर र गाडीमा सवार भारत घर भएका २५ वर्षीय जिनु साहा घाइते भएका छन् ।

कारमा सवार गजमेरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सबै घाइतेहरूको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्