Logo
Logo

आजदेखि धरहरामा निःशुल्क पार्किङ


504
Shares

काठमाडौं । काठमाडौंको सुनधारास्थित धरहरामा निःशुल्क पार्किङ गर्न पाइने भएको छ । काठमाडौं महानगरपालिकाले धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने व्यवस्था मिलाएको हो ।

काठमाडौं महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेको थियो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको जानकारी दिए । यसअघि काठमाडौं टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्