काठमाडौं । सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरु र गहृमन्त्री नारायणकाजी श्रेष्ठबीच छलफल भइरहेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित बैठकमा प्रहरी समायोजनबारे छलफल भइरहेको बताइएको छ ।
गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीका अनुसार छलफलमा सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरु सभागी छन् । उनका अनुसार उनीहरुबीच प्रहरी समायोजन ऐनका विषयमा छलफल भइरहेको छ । छलफल अहिले जारी छ ।

नेपाल प्रहरी (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि बढ्न सकेको छैन । केही दिनअघि मात्र प्रधानमन्त्री प्रचण्डले प्रहरी समायोजन प्रक्रिया चाँडो टुंग्याउन निर्देशन दिएका थिए ।














