Logo
Logo

हुस्सु हटेपछि नेपालगञ्जबाट उडान सुरु


315
Shares

नेपालगञ्ज । शनिबारदेखिको हुस्सु हटेपछि नेपालगञ्ज विमानस्थलबाट उडान सुरु भएको छ ।

बाक्लो हुस्सु लागेपछि नेपालगञ्जबाट काठमाडौं, पोखरा तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान शनिबारदेखि अवरुद्ध भएको थियो ।

बाक्लो हुस्सु हटेपछि आइतबार २ बजेदेखि उडान सुरु भएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।
नेपालगञ्जबाट काठमाडौंका लागि बुद्ध एयरका ३, श्री एयरका २ र यती एयरको १ वटा उडान हुँदै आएको छ ।

नेपाल एयर लाइन्स, समिट, तारा एयरले मुगु, जुम्ला, हुम्ला, डोल्पा र बाजुराका लागि नेपालगञ्जबाट उडान भर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्