Logo
Logo

लिम्बू पत्रकार संघको महाधिवेशन स्थगित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ फागुन । लिम्बू पत्रकार संघको ‘तेस्रो राष्ट्रिय महाधिवेशन’ स्थगित गरिएको छ । आइतबार केन्द्रीय समितिको आकस्मिक बैठकले अर्को सुचना जारी नगरेसम्म महाधिवेशन स्थगित गरिएको हो ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको उच्च जाखिम नेपालमा समेत रहेकाले त्यसप्रति सर्तकता अपनाउन महोत्सव, गोष्ठीलगायतका भीडभाड हुने कार्यक्रम आयोजना नगर्न नेपाल सरकारले गरेको अनुरोधलाई स्वीकार्दै इलामको माङ्सेबुङ गाउँपालिका–२ चुक्चिनाम्बामा हुन लागेको महाधिवेशन स्थगन गरिएको संघका केन्द्रीय महासचिव मिलन लिम्बूद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ । यसअघि महाधिवेशन यही २८, २९ र ३० फागुनमा हुने तय भएको थियो ।
‘महाधिवेशनका लागि सम्पूर्ण तयारी भइसकेर पनि स्थगन गर्नुपरेका महाधिवेशनका लागि निम्ताएको अतिथि, कलाकार र प्रत्रकारहरुमा पर्न गएको असुविधाप्रति लिम्बू पत्रकार संघ केन्द्रीय समिति क्षमायाचना गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्