Logo
Logo

महाराजगंज मेडिकल क्याम्पसको कार्डियो विभाग प्रमुखको जिम्मेवारी डा.चन्द्रमणि पौडेललाई


756
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको महाराजगंज मेडिकल क्याम्पसको कार्डियो विभागको प्रमुखमा एसोसिएट प्रोफेसर डा. चन्द्रमणि पौडेल नियुक्त भएका छन् ।

कलेजले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटुरोग विशेषज्ञको रुपमा कार्यरत डा. पौडेललाई विभागीय प्रमुखको जिम्मेवारी दिएको हो ।

क्याम्पसले गत साता विभागीय प्रमुखको जिम्मेबारी दिएसँगै उनले कार्यभारसमेत सम्हालिसकेका छन् । चिकित्साशास्त्रमा विद्यावारिधि गरेर भारतबाट इन्टरभेन्सनल कार्डियोलोजीमा फेलोसीपसमेत हासिल गरिसकेका पौडेलसँग करिब २० वर्षको कार्यअनुभव छ ।
डा. पौडेल रोयल कलेज अफ फिजिसियन अफ इडेनबर्ग, सोसाइटी अफ कार्डियोभास्कुलर एन्जियोग्राफी एण्ड इन्टरभेन्सन अमेरिका तथा एसिया प्यासिफिक सोसाइटी अफ कार्डियोलोजीबाट समेत विभूषित भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्