Logo
Logo

सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाटै दर्ता गर्न सकिने


504
Shares

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएपछि नियमनलाई सहज बनाउन अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ ।

सरकारले गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो ।
सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।

प्रयोगकर्ताको गुनासो सुनुवाइलाई सहज बनाउन मन्त्रालयले निर्देशिकाको आधारमा सामाजिक सञ्जाल व्यवस्था इकाइ स्थापना गरिसकेको जनाएको छ ।

मन्त्रालयको वेबसाइटमा गएर ‘सामाजिक सञ्जाल गुनासो दर्ता’मा क्लिक गरेर गुनासो दर्ता गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्