Logo
Logo

ग्यासगिजरका कारण निसास्सिएर एक युवाको मृत्यु


2.2k
Shares

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ९, लामसुरेमा बाथरुममा प्रयोग गरिएको ग्यासगिजरका कारण निसास्सिएर एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार सोमबार दिउँसो १२ बजेको समयमा शौचालयमा शौच गर्न छिरेका यादवप्रसाद काफ्लेका २५ वर्षीय छोरा युनेश काफ्लेको मृत्यु भएको हो ।

बाथरुम छिरेका युनेश निकैबेरसम्म बाहिर ननिस्केपछि परिवारका सदस्यले बाहिरबाट बोलाएका थिए । बोलाउँदासमेत नबोलेपछि ढोका फोडी बेहोस अवस्थामा उद्धार गरिएको थियो । उनलाई तत्काल उपचारका लागि मकवानपुर सहकारी अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शौचालय–बाथरुममा रहेको ग्यासगिजर खुल्लै भएकाले युनेश बेहोस भएको आफन्तले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्