
सुनसरी । आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको अभियोगमा ईनरुवा नगरपालिका–८ गणेशपुर रिसिदेव टोल बस्ने २१ वर्षीय चिबु रिसिदेवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
घरायसी लेनदेनको विषयलाई लिएर चिबुले माघ ११ गते दिउँसो कुटपिट गर्दा बाबु ७० वर्षीय चिकचिलिया रिसिदेव गम्भीर घाइते भएका थिए ।
उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले छोरा चिबुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














