स्याङ्जा । स्याङ्जाको विरूवा गाउँपालिकाले गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । विरूवा गाँउपालिकाका अध्यक्ष सूर्य कुँवरले१४ औं गाँउसभाको अवसर पारेर लोगो सार्वजनिक गरेको जानकारी दिए ।
उनले पालिकाको ऐतिहासिक धार्मिक, पुरातात्विक महत्वका क्षेत्रहरू समेटेर वडा नम्बर–५ का जीवन वाग्लेले लोगो तयार पारेको बताए ।
अध्यक्ष कुँवरले लोगोको माथिल्लो भागमा गाउँपालिकाको नाम र तल्लो भागको रिवनमा पालिकाको ठेगानासँगै धान र गहुँको बाला रहेको उल्लेख गरे ।
उनले गाउँपालिकामा पाइने सबै स्रोत प्रष्ट समेटिने गरी प्रतिनिधिमूलक ढंगबाट गाउँ सभाबाट पारीत भएपछि औपचारीक रूपमा लोगो तयार पारिएको जनाए । विरुवा गाउँपालिकामा ८ वटा वडा रहेका छन् ।