Logo
Logo

प्रदेशसभाका पदाधिकारीको सुविधा थप्नु अनुपयुक्त


441
Shares

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेशसभाका पदाधिकारीलाई भौतिक सुविधा थप्ने कुरा उपयुक्त नभएको बताएका छन् ।

समुदायमा कांग्रेस अभियानअन्तर्गत आज विराटनगर–७ मा आयोजिक कार्यक्रममा उनले प्रदेश सरकारले जनताका आधारभूत सुविधा थप्ने कुरामा ध्यान दिनुपर्नेमा जोड दिए ।

कोइरालाले मुलुकमा लोकतन्त्र नेतालाई मात्र आएको जनतालाई नआएको बताउँदै अराजकताले नागरिकको आवश्यकता परिपूर्तिमा बाधा उत्पन्न हुनेमा जोड दिए ।

नेता कोइरालाले कांग्रेस समुदायमा पुगेर जनभावना बुझेर आगाडि बढ्ने चर्चा गर्दै पार्टीभित्रका कमीकमजोरीलाई सच्च्याउने प्रतिबद्धता व्यक्त गरे । उनले सरकारको सहयोगमा सिङ्गिया खोलाको बाढी नियन्त्रण गर्न अस्थायी तटबन्ध र करिडोर निर्माण गरी स्थायी समाधान गर्ने आश्वासन समेत दिए ।

प्रतिक्रिया दिनुहोस्