काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले चौथो दीक्षान्त समारोह २०८० का लागि आवेदन खुला गरेको छ । दीक्षान्त समारोहमा २०७९ साल मंसिरदेखि २०८० माघ १५ गतेसम्म उत्तीर्ण भएका स्नातक तहदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थी सहभागी हुन पाउनेछन् ।
सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूले आवेदन दिन पाउने सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ ।
आवेदन फाराम भरिसकेपछि मात्र दीक्षान्त समारोहमा सहभागी हुनका लागि दीक्षान्त शुल्क तथा गाउन÷स्कार्फ÷टोपीको धरौटीबापतको शुल्क परीक्षा नियन्त्रण कार्यालयको बैंक खातामा जम्मा गर्नुपर्नेछ । दीक्षान्त शुल्क स्नातकका लागि १ हजार पाँच सय र स्नातकोत्तर तथा एम.फिलका लागि २/२ हजार तोकिएको छ ।