Logo
Logo

वैदेशिक रोजगारमा रहेकाहरुका लागि सर्वेत्तमको आईपीओ बाँडफाँट



काठमाडौं । वैदेशिक रोजगारमा रहेकाहरुका लागि सर्वेत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार आईपीओ बाँडफाँट गरेको हो ।

वैदेशिक रोजगारमा रहेर आईपीओमा आवेदन दिएकामध्ये ५ हजार ३४० आवेदकलाई ५० कित्ताका दरले बाँडफाँट गरिएको छ । बुक बिल्डिङ विधिमा खुलेको आईपीओ भएकाले यस विधिमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनैपर्ने र बाँडफाँटमा पनि कम्तीमा ५० कित्ता सेयर दिनैपर्ने व्यवस्था छ ।

सोअनुसार ५० कित्ताका दरले बाँडफाँट गर्दा थोरै संख्यामा आवेदक मात्रै समेटिएका हुन् । आईपीओको नतिजा सीडीएससीको अनलाइन प्रणालीबाट हेर्न सकिनेछ ।

वैदेशिक रोजगारमा गएका कुल ३३ हजार ८२४ जनाले आवेदन दिएकोमा १४ जनाको आवेदन भने रद्द भएको थियो । बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई प्रतिकित्ता मूल्य ३६० रुपैयाँ ९० पैसा निर्धारण भई यस कम्पनीको आईपीओ खुलेको हो ।

पुस २५ देखि १० माघसम्म वैदेशिक रोजगारमा जाने र प्रभावित स्थानीयका लागि आईपीओ खुलेकोमा प्रभावित स्थानीयको हकमा सम्पूर्ण सेयर बिक्री नभएपछि माघ २५ सम्म आवेदन दिने अवधि लम्ब्याइएको छ । प्रभावितलाई पनि सेयर बाँडफाँट भएपछि मात्रै आम सर्वसाधारणका लागि आवेदन सर्वोत्तमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्