Logo
Logo

न्यायाधीशको निधनमा आज शोक बिदा


2k
Shares

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको निधनमा शोक बिदा दिइएको छ । बुधवार उच्च अदालत पाटन, हेटौँडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतहरूमा शोक बिदा दिइएको हो ।

अदालतले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘यस अदालतका माननीय न्यायाधीश श्री मातृकाप्रसाद मरासेनीको मिति २०८०।१०।१६ गते असामयिक निधन भएकोले शोक मनाउन मिति २०८०।१०।१७ गते बुधवार एक दिन यस अदालत, उच्च अदालत पाटन, हेटौडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतहरूमा शोक बिदा दिने निर्णय भएकाले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

मंगलबार मरासिनीको हृदयाघातका कारण नेशनल अस्पताल कलंकीमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्