Logo
Logo

घुस लिने अमिनविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर


252
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार हजार घुस लिने अमिन गोविन्द ढकालविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । अख्तियारले बुधबार चार हजार रुपैयाँ घुस लिने ढकालविरुद्ध आरोपपत्र दायर गरेको हो ।

अख्तियारमा प्रवक्ता नरहरि घिमिरेले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अनुसन्धानको सिलसिलामा नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा अमिन पदमा कार्यरत गोविन्द ढकालले जग्गा नाँपजाँच गरी लालपुर्जा दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवतवापत रु चार हजार माग गरी लिएको पुष्टि भएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको हुँदा निज गोविन्द ढकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुरमा बिगो रु चार हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।’

नापी कार्यालय नवलपरासीका अमिन ढकालले जग्गा नापजाँच गरी लालपुर्जा दिलाउन सेवाग्राहीसँग चार हजार घुस मागेको अख्तियारको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्