Logo
Logo

संविधान बचाउने कर्तव्य दलहरुको होः शशाङ्क कोइराला



चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिलेको संविधान जोगाउने कर्तव्य दलहरुको रहेको बताएका छन् । चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको उल्लेख गरे ।

‘लामो समयदेखिको उपलब्धिमाथि खेलवाड गर्नुहुँदैन’, नेता कोइरालाले भने । पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति लक्षित गर्दै उनले आन्दोलनबाट हटाइएको एउटा संस्था पुनःस्थापना गर्न कठिन हुने बताए ।

फरक प्रसङ्गमा नेता कोइरालाले राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा आएको मतपरिणामले सत्ता गठबन्धनमा उथलपुथल ल्याएको बताए । मत परिणाम नसोचेको आए पनि सत्ता गठबन्धन परिवर्तन नहुने उनको भनाइ थियो । उनले भने, ‘कोशी प्रदेशको मतले केही सङ्केत देखाएको छ । तर समिकरणमा परिवर्तन हुँदैन ।’

सरकारलाई सचेत गराउने कांग्रेसको कर्तव्य भएको नेता कोइरालाको भनाइ थियो । ‘समुदायमा कांग्रेस कार्यक्रम पनि यही अनुसार भइरहेको छ’, उनले भने । विसं २०८४ मा हुने निर्वाचनलाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको नेता कोइरालले बताए ।

प्रतिक्रिया दिनुहोस्