Logo
Logo

नेपाल स्काउटमा १२ वर्षपछि निर्वाचन हुँदै


1.4k
Shares

काठमाडौं । नेपाल स्काउटमा यही माघ २२ र २३ गते निर्वाचन हुने भएको छ । नेपाल स्काउटमा निर्वाचनका लागि युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले पहल गरेका थिए ।

खेलकुदमन्त्रीको पहलमा नेपाल स्काउटमा १२ नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको हो । नेपाल स्काउट ऐन २०५० बमोजिम युवा तथा खेलकुदमन्त्री नेपाल स्काउटको प्रमुख स्काउट र राष्ट्रिय परिषद्को अध्यक्ष हुने व्यवस्था छ ।

राजनीतिबाट अलग हुनुपर्ने विश्वव्यापी मान्यता बोकेको स्काउट अभियान कुनै समय नेपालका सबै बिद्यालयमा पुगेको थियो । तर गणतन्त्र स्थापनापछि स्काउट राजनीतिक खिचातानिको चंगुलमा फस्न पुग्यो ।

२०६८ सालमा निर्वाचित समितिले २०७० मा राजीनामा दिएपछि नेपाल स्काउट विभिन्न सरकारले गठन गरेको तदर्थ समितिबाट चल्दै आएको छ । मन्त्री लिम्बुले गत पुस २३ गते राष्ट्रिय परिषद्को बैठक बोलाएर स्काउटका तीनै तहको निर्वाचन तोकेका हुन् ।

भर्खरै मात्र एक लाख सदस्य संख्या पुर्याएको नेपाल स्काउट अब निर्वाचनपछि सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्