काठमाडौं । सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरीलाई जिल्ला सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ ।
सबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा चौधरीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको थियो ।

चौधरीसँगै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र कारखानाको सञ्चालक समितिका वर्तमान अध्यक्ष सञ्जय ठाकुर पनि पक्राउ परेका छन् ।
महाराजगञ्जस्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हाल सिजी चाँदबाग रेसिडेन्सी नाममा छ र उक्त जग्गामा चाँदबाग स्कुल सञ्चालन भइरहेको छ ।
सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना भएको भन्दै काठमाडौं महानगरपालिकाको ३ नम्बर वडा कार्यालय, तत्कालिन वडाध्यक्ष र ४८ जना स्थानीय बासिन्दाले प्रहरीमा जाहेरी दिएका थिए ।
सरकारी जग्गा तत्कालिन राजाको निर्णयविना कसैको नाममा नामसारी नहुनेमा बाँसबारी छालाजुत्ता कारखाना समितिले निर्णय गरेर च्याम्पियन फुटवेयर लिमिटेडलाई बिक्री गरेको थियो ।
उक्त फुटवेयर हाल बन्द भइसकेको छ र त्यसको स्वामित्व हाल सिजी चाँदबाग रेसिडेन्सीसँग छ ।














