Logo
Logo

डलर, युरो र बेलायती पाउण्डको मूल्य घट्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ १३ पैसाले घटेको छ । अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०५ पैसा तोकिएको छ ।

त्यस्तै युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ १० पैसा र बिक्रीदर १४३ रूपैयाँ ७५ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ६२ पैसाले घटेको हो । बेलायती पाउण्ड आज ८३ पैसाले घटेर एकको खरिददर १६७ रूपैयाँ ३१ पैसा र बिक्रीदर १६८ रूपैयाँ ०८ पैसा कायम गरिएको छ ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ २७ पैसा र बिक्रीदर ८६ रूपैयाँ ६६ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर ८ रूपैयाँ ३९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८४ पैसा छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ०२ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०६ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४४ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९३ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९७ पैसा कायम गरेको बैंकले जनाएको छ । 

यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३३ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३२ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रूपैयाँ २२ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २८ रूपैयाँ र बिक्रीदर २८ रूपैयाँ १३ पैसा कायम गरेको छ । 

कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ५६ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ५१ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ९२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस्