Logo
Logo

पर्वतको लोप्रेमा हुचिल उत्सव सुरू


504
Shares

काठमाडौं । लाटोकोसेरो तथा हुचिल उत्सवको ११औ संस्करण पर्वतको लोप्रेमा आजदेखि सुरू भएको छ ।
संरक्षणको हिसाबले ओेझेलमा परेको लाटोकोसेरो तथा हुचीलहरुको संरक्षणका लागि पर्वतको जलजला गाउँपालिकास्थित लोप्रे गाउँमा यो उत्सव सुरू भएको हो ।

लाटोकोसेरोलाई किसानको साथी भनेर पनि चिन्ने गरिन्छ । विगत ८ वर्षदेखि लाटोकोसेरो उत्सव नेपालमा पनि मनाउन थालिएको हो । यसअघि यो उत्सव स्याङ्जा, धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङ जिल्लामा सम्पन्न गरिसकिएको छ । यस किसिमको उत्सव नेपालबाहेक अमेरिका, इटाली र भारतमा पनि मनाइन्छ ।

पर्वत जिल्लाको जलजला गाउँपालिका–५ स्थित लोप्रे मगर समुदाय बाहुल्य भएको गाउँ पर्यटकीय क्षेत्र हो । जहाँ आँखै अगाडि धौलागिरि हिमाल, अन्नपूर्ण हिमाल र माछापुच्छ्रे हिमालका मनमोहक दृश्यहरू नियाल्न सकिन्छ । महोत्सवको पहिलो दिन लाटोकोसेरो संग्रहालय अवलोकन गरिएको छ । बालबालिकाहरूले आफ्नो अनुहार तथा नङमा लाटोकोसेरो बनाएका छन् ।
यसका साथै मगर समुदायले आफ्नो पुर्ख्यौली नाँच (लोप्रे र सलिजा) देखाएका छन् ।

यस्तै भोलि बिहान चरा, लाटोकोसेरो र संग्रहालय अवलोकन गर्ने, अनुहार तथा नङमा लाटोकोसेरो बनाउने, बाल पुर्ख्यौली नाँचगान र नाटक देखाउने कार्यक्रम रहेको हुचिल महोत्सवका आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्