
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंमा १७ जना पक्राउ परेका छन् । नुवाकोट घर भई तारकेश्वर नगरपालिका बस्ने ६० वर्षीय मधुप्रसाद सिटौला सहित १७ जना एकैस्थानबाट पक्राउ परेको प्रहरी वृत्त लैनचौरले जनाएको छ ।
काठमाडौं महानगरपालिका–२६, रानीबारी बस्ने कृष्ण सिलवालको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई नगद ९५ हजार ७१० रूपैयाँ र आठ बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।














