
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले अचानक राजीनामा दिएका छन् ।
प्रहरी प्रधान कार्यालयले उनको राजिनामाबारे औपचारिक पुष्टि नगरे पनि चन्दले विभिन्न सञ्चारमाध्यमहरूलाई राजीनामा दिएको प्रतिक्रिया दिएका छन् ।
चन्दले सञ्चार माध्यमहरूसँग व्यक्तिगत चाहनामा राजीनामा दिएको बताए पनि अचानक राजीनामा दिएपछि प्रहरी संगठनमा तरंग पैदा भएको छ । पछिल्लो समय विमानस्थलमा अनेक समस्याहरू उत्पन्न भइरहेको बेला उनले राजीनामा दिएपछि प्रहरीमा तरंग पैदा भएको हो ।
गत १३ वैशाखदेखि विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका चन्दको सेवा अवधि २०८१ चैत सम्म थियो । एक वर्षभन्दा धेरै समय सेवा अवधि बाँकी नै रहेको बेला चन्दले राजीनामा दिएपछि यस विषयलाई संशयपूर्ण हेरिएको छ ।












