Logo
Logo

मुङ्ग्रोले हानेर हत्या गर्ने एक जना पक्राउ


315
Shares

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित पाथिभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर नागी गाउँपालिका–२ घर भएका ३५ वर्षीय बिक्रम सेनेहाङ्को हत्या गरेको अभियोगमा झापा शिवसताक्षी नगरपालिका–८ पोखरी टोल घर भई सोही ब्लक उद्योगमा काम गर्ने १९ वर्षीय मिलन पुरकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।

सामान्य विवादमा पुरकोटीले काठको मुङ्ग्रो र फलामको हम्मर प्रहार गर्दा बिक्रम गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते बिक्रमको विएण्डसी अस्पताल बिर्तामोड हुँदै नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्