Logo
Logo

डलर साट्ने बहानापारी इन्द्रसरोवरबाट साढे १३ लाख चोरी


504
Shares

मकवानपुर । डलर साट्ने बहानामा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट दुईजना अज्ञात व्यक्तिले साढे १३ लाख रुपैयाँ चोरी गरेर फरार भएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यलय, हेटौँडाले दिएको जानकारीअनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ५ र थाहा नगरपालिका– ९ को सिमानामा पर्ने सानोपोखरी डाँडाबाट डलर साट्ने बहानामा १३ लाख ५० हजार रुपैयाँ चोरी गरेर दुईजना व्यक्ति फरार भएका हुन् ।

पर्वत जिल्लाको महाशीला गाउँपालिका– २ घर भएर हाल गोरखा जिल्लाको आरुघाट गाउँपालिका–४ आरुघाट बस्ने २७ वर्षका सजलबहादुर सुनारबाट पहिचान नखुलेका दुई व्यक्तिले १३ लाख ५० हजार रुपैयाँ लिएर फरार भएको प्रहरीले जनाएको छ ।

पीडित सुनारका अनुसार नामथर नखुलेको कालो टोपी, सेतो ट्राउजर, कालो ज्याकेट, रातो कलरको स्पोर्ट्स जुत्ता लगाएको २६÷२७ वर्षको र अर्को कालो ब्याग बोकेको, कालो ज्याकेट, कालो ट्राउजर लगाएको २१÷२२ वर्षकोजस्तो देखिने व्यक्तिले डलर साट्ने बहानामा नगद रकम लिएर फरार भएको प्रहरीको भनाइ छ ।

ती व्यक्तिले विगत एक महिनादेखि सुनारसँग भेटघाट गर्दै आएको र उनीसँग भएको रुपैयाँ डलर साट्ने बहानामा चोरी गरेर फरार भएका हुन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्