Logo
Logo

नर्सिङ्ग लाइसेन्स परीक्षाका लागि आजदेखि आवेदन खुला


1.4k
Shares

काठमाडौं । नर्सिङ्ग लाइसेन्स परीक्षाका लागि आजदेखि आवेदन फारम खुला भएको छ । नेपाल नर्सिङ काउन्सिलले आगामी चैत ३ गते लिने लाइसेन्स परीक्षाको अनलाइन फर्म आजदेखि खुला हुने भएको हो ।

पीसीएल र बीएस्सी नर्सहरूलाई छुट्टाछुट्टै फर्म भर्न काउन्सिलले आग्रह गरेको छ । फागुन २१ सम्म फारम भर्नेले तीन हजार १०० रुपैयाँ नियमित दस्तुर बुझाउनु पर्ने छ ।

दोब्बर दस्तुर ६ हजार १०० रुपैयाँ तिरेर फागुन २२ देखि २४ गतेसम्म फर्म भर्न सकिने काउन्सिलले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्