Logo
Logo

सशस्त्र प्रहरी महिला संघद्वारा चेपाङ बस्तीमा खाद्यान्न तथा न्यानो कपडा बितरण


567
Shares

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघले धादिङको गजुरी गाउँपालिका–४ चौकी भञ्ज्याङस्थित चेपाङ बस्तीमा खाद्यान्न तथा न्यानो कपडा बितरण गरेको छ । संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालको प्रमुख आतिथ्यमा ७८ घरधुरीलाई खाद्यान्न तथा न्यानो कपडा बितरण गरिएको हो ।

माघ १९ गते शुक्रबार आयोजित सो कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, सशस्त्र प्रहरी बलका प्रवक्ता, सहायक प्रमुख जिल्ला अधिकारी, अन्य सुरक्षा निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिहरु तथा संघका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस्