Logo
Logo

साढे चार किलो चरेससहित एक महिला पक्राउ


693
Shares

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट चार किलो ६ सय ४६ ग्राम लागुऔषध चरेससहित एक महिला पक्राउ परेकी छिन् । प्युठान जिल्ला गौमुखी गाउँपालिका– ३ बस्ने ३८ वर्षीया वासु घर्तीमगर पक्राउ परेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

उनलाई शनिबार पक्राउ गरिएको हो । चरेस रुकुम पूर्वबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय कृष्णनगरबाट प्रहरी निरीक्षक लक्ष्मण ओली नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्