Logo
Logo

नाबालिकाको नाम र तस्वीर प्रयोग गरी अश्लिल हर्कत गर्ने पक्राउ



काठमाडौं । नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले चरित्र हत्याका आरोपितलाई पक्राउ गरेको उपनिर्देशक एवं एसपी नरेन्द्र चन्दले जानकारी दिए ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–१० मानाटोलका ३७ वर्षीय राजकुमार महर्जन छन् । उनलाई प्रहरीले गत बिहीबार पक्राउ गरी आइतबार घटनाबारे सार्वजनिक गरेको हो ।

उनले नाबालिकाको नाम र तस्बिर राखेर नक्कली फेसबुक अकाउन्ट बनाएको आरोप छ । जसबाट उनले नाबालिकाका साथीहरूलाई अश्लिल मेसेजहरू गरेर चरित्र हत्या गरेको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा महर्जनले उक्त काम गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्