Logo

एक इन्सपेक्टरमाथि आईजिपी बनाउने खेलको आरोप


Published On : 12 March, 2020

-दीपेन्द्र अधिकारी (अवकाशप्राप्त प्रहरी निरीक्षक)

 

प्रिय  (नेपाल प्रहरी),

हिजोजस्तो लाग्छ तिमीसँग भेट भई सम्बन्ध गाँसेको, हेर्दाहेर्दै २० बर्ष पुगी २१ लागिसकेको पत्तै भएन । यस दौरान समयसँगै धेरै परिवर्तन भए, विभिन्न बाधा अवरोध हुँदा पनि तिमीसँग सुमधुर सम्बन्ध कायम नै रहिरह्यो जसका लागि तिमीलाई अन्तरमनबाटै धन्यवाद नदिईरहन सक्दिन । तिम्रो साथ रहँदासम्म यदाकदाबाहेक सधै खुशी नै भइरहें । तिम्रा इच्छा र उद्देश्य प्राप्तिका लागि सधै सकारात्मक भूमिका निर्वाह नै गरेजस्तो लाग्छ । गरें गरिन तिमी नै जान । स्वभावले नै मान्छे स्वार्थी प्राणी हो तसर्थ मेरा आवश्यकताहरु पूरा गर्न अब तिम्रो साथ रहिरहन सकिन । अतः तिमीसँगको सम्बन्धमा पूर्णविराम लगाउँदै पारपाचुके गर्ने निर्णय गरें । तिम्रो लक्ष्य प्राप्तिका उद्देश्यहरु सधैं सही बाटोमा हिँडिरहोस् । तिम्रो शान र मानमा कमी कहिले नआओस । यस यात्रामा साथ दिने उदार मनहरुलाई हृदयबाट नै कोटीकोटी नमन गर्दै विदा हुन्छु । सन्दर्भ जागिर ।

माथिका हरफहरु २०७५ असार ३२ गते सामाजिक संजाल फेसबुकमा लेखेर सम्प्रेषण गरेको थिएँ । २०वर्ष ३ महिना १३ दिन नेपाल प्रहरीमा सेवारत रही दुई दिनअघि मैले दिएको राजीनामा स्वीकृत भएको थियो । राजीनामा दिनु मेरो रहर थिएन न कुनै पूर्वयोजना नै । साथै माथिका शब्दहरु लेख्दै गर्दा मेरा औलाहरु नकामेका होइनज्, मन नभक्कानिएको पनि होइन, छातीभित्र पीडाले उकुसमुकुस नभएको पनि होइन, कतै कतै गलत पो गरें कि भन्ने नभएको पनि होइन तर पनि मेरो विकल्प थिएन वा तत्काल मैले देखिन । यो सबै महसुस किन भैरहेको थियो भन्दा मैले मेरो जीवनमा चाहेका केही प्रिय लाग्ने बिषयहरुमध्ये एक अपराधको अनुसन्धान गर्ने कार्यसँग टाढा भैसकेको थिएँ, टाढा पु¥याइएको थिएँ । शायद यो वियोगको पीडा थियो त्यो पनि इच्छाविपरित ।

२० वर्षे जागिरे जीवनमा दश वर्ष सामान्य प्रहरीकै हैसियतमा विभिन्न ईकाईमा कार्यरत रही जानेसम्म इमान्दारिताकै साथ काम गरियो । २०६५ सालमा उपेन्द्र देवकोटाको छोरी अपहरण मुद्दा अनुसन्धानमा खटिएका तत्कालीन प्र।नि। कृष्ण कोइरालासँगको भेट झापाको सुरुङामा भयो त्यही भेट नै मेरो लागि अपराधको अनुसन्धानको क्षेत्रमा हिँड्ने अवसर बन्यो । उहाँको पहलमा अपराध महाशाखा हनुमानढोकामा एकल सरुवा भई मङसिर महिनादेखि अपराधको अनुसन्धानको जिम्मेवारी लिई काम शुरु गरियो । डा। भक्तमान श्रेष्ठको अपहरण घटना नै मेरो लागि अनुसन्धानकर्ताको रुपमा पहिचान दिलाउने पहिलो खुटकिलो बन्यो ।

फिरौती वापतको साढे तीन किलो सुन भारतको कानपुर लिएर गई अपहरणकारीलाई बुझाएपश्चात डा। भक्तमानको सकुशल रिहाई पछि उक्त घटनाको सफल अनुसन्धान गरियो । तत्पश्चात राजीनामा दिँदाको समयसम्म कहिल्यै पछाडि फर्किनुपर्ने अवस्था आएन र एकपछि अर्को सफलता हात लाग्दै गए । मलाई दिएका अनुसन्धानका जिम्मेवारी मैले मेरो बलवुताले भ्याएसम्म इमान्दारिताका साथ निर्वाह गरेको थिएँ ।
एउटा महत्वपूर्ण तथ्य के हो भने अनुसन्धान एक व्यक्तिले मात्र गर्न कदापि सम्भव हुदैन समुहकै उत्कृष्ट भूमिका हुनुपर्दछ तर कुनै एकजनाको अहम भूमिका चाहि पक्कै हुने गर्छ । यो मेरो अनुभव हो । धैरै जना अब्बल सहकर्मीहरु जो एकै प्रकृतिका थियौं यहाँ सबैको नाम उल्लेख गर्न नमिल्ला तर म सधै उहाँहरुप्रति आभारी छु । तर, अपराध अनुसन्धानको क्षेत्रमा धेरै काम गरेर मुलुकलाई थप योगदान दिने मेरो महत्वाकांक्षा हठात् रोकियो, म राजीनामा दिन बाध्य बनाइएँ ।

यहाँ प्रश्न उठ्ला राजीनामा दिनेबित्तिकै किन यो लेख आएन रु अहिले यो कुरा भन्नुको उद्देश्य के त रु उद्देश्य हो, भविष्यमा कुनै पनि इमान्दार र कर्तव्यनिष्ठ राष्ट्रसेवकले कुनै एक व्यक्तिको दम्भका कारण असुरक्षित महसुस गरी कर्तव्यपालना गर्ने कार्यबाट विचलित हुनु नपरोस् । यो राज्यको लागि पनि मेरो सुझाव हो । यसमा राज्य संचालन गर्नेहरुको पनि ध्यान जानु अत्यन्त जरुरी छ । मलाई लाग्छ हरेक संगठनमा ५० प्रतिशत इमान्दार र ५० प्रतिशत बेइमान सदस्यहरु हुन्छन्, जसमा इमान्दारले संगठनको गरिमा कायम गरेका हुन्छन् भने बेइमानहरुले बदनाम गरिरहेका हुन्छन् । अब कुनचाहिं प्रतिशतलाई बृद्धि गर्ने हो त्यो सम्बन्धित निकायले नै बुझ्न जरुरी छ।

प्रहरी महानिरीक्षकको निवासमा बिहानको समय भेटघाटको लागि हुने गर्छ । प्रहरी कर्मचारी आफ्ना समस्या राख्न जाने प्रचलन अनुसार म पनि नयाँ नियुक्त आइजीपी सर्वेन्द्र खनाललाई शुभकामना दिन र सरूवा माग गर्न गएको थिएँ । दर्जाअनुसार पालो आयो, जय नेपाल गरेंसँगै बधाई तथा शुभकामना दिएँ । सर फोनमा व्यस्त हुनुहुन्थ्यो । संवाद सकियो म उभिरहेको थिएँ । फेरि मैले भनें सर यो तेस्रो पटकको प्रयासमा भेट्ने मौका मिल्यो । लगभग२०–२२ दिन भैसकेको थियो नियुक्ति पाउनुभएको । फोन राख्नासाथ उहाँको पहिलो प्रश्न म इन्स्पेक्टरलाई गरियो– ‘एउटा कुरा भन त पुष्कर कार्कीलाई ९आईजीपीको लागि प्रतिस्पर्धी प्रमनिज्युकै व्याचमेट० आईजीपी बनाउन कत्तिको लागियो रु’

यो सुनेर म चकित भएँ । जुन कुराको कल्पना समेत गरिएको हुन्न उक्त बिषयको अप्रत्याशित सामना गर्दा मानिसले कस्तो महसुस गर्छ रु मैले नि त्यही अनुभव गरें अनि तुरुन्तै सम्हालिँदै भनें सर म नितान्त संगठनको काम गर्ने सदस्य हो, सिआइबीमा सात जना डिआईजी सरहरुसँग काम गरें, दुईजना आईजीपी हुनुभयो म व्यक्तिपछि लागिन निरन्तर काम गरिरहें , कसैले सोध्ने गर्थे आईजीपी को हुन्छ भनेर । मैले सबै सरहरू सक्षम हुनुहुन्छ जो भए नि संगठनलाई राम्रो हुन्छ भनी जवाफ दिने गर्थें ।

मैंले एकै सासमा यति भनिसकेपछि उहाँले यो कुरा तिमीलाई नभनेको भए पनि हुन्थ्यो, भनिहालें भन्नुभयो । अनि अरु के छ रु भनी सोध्नुभयो । यसपश्चात मनमनै यस्तो कुरा गर्ने मान्छेसँग के सरुवा माग्नु भो होस् भन्ने पनि लाग्यो । फेरि संगठन प्रमुख भनेको पितासमान हो आफ्नो समस्या राख्दा केही हुन्न भन्ने ठानेर आफ्ना कुरा सुनाएँ, सर म अनुसन्धान क्षेत्रमा लामो समय बसे, परिवारसहित काठमाडौं ८–९ बर्ष बस्दा १२–१५ लाख ऋण लाग्यो, युएन मिसन गएर आए ऋण तिरें अब तलबले काठमाडौंको महंगाईमा परिवार धान्न गाह्रो भयो र बाबुहरुको पढाइ पनि झापातिर सारें सर, एक कार्यकाल मलाई मोरङको उर्लाबारी ईलाका प्रहरी कार्यलयमा सरुवा गरिदिनुपर्यो, म दमकमा घर बनाएर परिवार राख्छु, म त्यहीबाट पनि यहाँका अनुसन्धान गर्न सक्छु सो कार्यकालपछि जहा भने नि जान तयार छु भनी आफ्ना कुरा राखें । अनि उहाँले हुन्छ तिमी काम गर्ने व्यक्ति हौ म सरुवा गरिदिन्छु भन्नुभयो । मलाई निवर्तमान आईजीपी प्रकाश अर्यालले नै काज आदेश दिइसक्नुभएको थियो तर चाडै नै नयाँ आईजी हुने समय भएको हुँदा नियुक्ति भएपश्चात नै जानु उचित होला भनी तत्काल सो निर्णयलाई आफैले रोक्न लगाएँ । मलाई के विश्वास थियो भने मैले विशुद्ध संगठनको लागि काम गरेको कर्मचारी सबैले माया गर्छन् । भावी आईजिपी जो भए नि सबैसँग राम्रो चिनजान छ । यो पहिचान सबै मैले गरेको कामले नै बनाएको हो भन्ने विश्वास थियो मलाई ।

नेपाल प्रहरीभित्र सिआइबीको दिपेन्द्र अधिकारी कुनै अपरिचित नाम थिएन । जमिम शाह, फैजान अहमद, गंगाविशन राठी र चन्द्र चुडाल, सदरुल मिया, रणबहादुर बम, रानीबारी लगायतका कर्तब्य ज्यान, जनकपुर बम ब्लास्ट, बबरमहल बम ब्लास्ट, शक्ति बस्नेत ९हालका वनमन्त्री० लाई गोली हानिएको प्रकरण, शालिकराम जमकट्टेललाई भएको आक्रमण, संजय सुरेखा, महेश सारडा, बाबुरावा रावल, निरज कक्षपती, बैंककमा तीन नेपाली विद्यार्थीहरु लगायतका अपहरण जस्ता जटिल प्रकृतिका मुद्दाहरुको सफल अनुसन्धान तथा उक्त घटनाहरुमा संलग्न अभियुक्तहरुलार्ई नेपालभित्र र अन्य देशमा अन्तर्राष्ट्रिय प्रहरीसँग समन्वय गरी पक्राउ गरी कानुनी कठघरामा उभ्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थिएँ ।

जहाँ गएपनि सबैबाट सधै सम्मानजनक व्यबहार नै प्राप्त हुन्थ्यो । नेपाल जेसिसबाट बर्ष २०११ को उत्कृष्ट युवा घोषित, राष्ट्रपतिबाट पदक, नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले नगद पुरस्कार, प्रहरी दिवसमा प्रहरी महानिरीक्षकबाट सर्वोत्कृष्ट अनुसन्धानकर्ता, उत्कृष्ट अनुसन्धानकर्ता लगायत दर्जनौ पुरस्कार र सम्मानहरु शायद मेरो कामले गर्दा नै प्राप्त भएको हो र सवैमा के जानकारी पनि होस् भने यी सबै पुरस्कारमा मैले कहिले चासो राखिन । समयसँगै आफै स्वतः प्राप्त भए त्यसैले पनि एकप्रकारको हिम्मत आफुमा रहिरहेको थियो । अन्त्यमा त्यो सोच नै गलत रहेछ भन्ने भयो । जतिबेला मसमेत सिआइबीका साथीहरूसँग फुटसल खेलिरहेका थियौ । ९प्रत्येक शुक्रबार कार्यलय समयपश्चात फुटसल खेल्ने गर्दथ्यौ०

४०० जना प्रहरी निरीक्षकहरुको सरुवा भयो तर तपाईको त नाम छैन दाइ भन्दै अफिसबाट सहकर्मीको फोन आयो म चकित भएँ । सचिवालयमा कार्यरत एकजना सिनियर सरसँग पुष्टि गरें खै मलाई त थाहा छैन तर नभएकोमा दुखी छु भन्नुभयो । कर्मचारी प्रशासन शाखामा कार्यरत एक निकट साथीलाई सोधें यहाँबाट त नाम गएकै हो खै किन भएन अब आफै कुरा बुझ न भन्ने जवाफ आयो । मैले नि बुझें प्रमनिज्युको टेबलमा पुगेर नाम काटिएको हो भन्ने अनुमान लगाउन गाह्रो परेन । त्यतिबेला तनाव अलि बढी नै भाको हो मलाई एकदुई दिन । किनकि आफ्नो योजना अनुसार अब अगाडि काम नहुने भन्ने भयो । फेरि प्रायः सबै साथीहरुलाई सरुवा हु्न्छ भन्ने नै रहेछ जसको जवाफ मैले नै दिनुपर्यो तर आफैलाई सरुवा नभएको वास्तविक कारण थाहा थिएन । केही समयपश्चात यसलाई नि सामान्य रुपमा ग्रहण गरेर अघि बढिरहेको थिएँ । उक्त समयमा हाल निर्मला केसमा निलम्बित प्रनाउ अंगुर जिसी, म र प्रनानि रमेश बजगाईं ९जसलाई पछि बिना कारण ट्राफिक प्रहरीमा काज सरुवा गरियो, उनी ट्राफिक भन्दा नि सिआईबीकै लागि उपयुक्त प्रहरी अधिकृत हुन्० समेत भएर नख्खु कारागारमा भएको कैदीको अप्रत्याशित मृत्युको अनुसन्धान गरिरहेका थियौ । अनुसन्धान सकिएको थियो तर अभियोजनको प्रकृया शुरु भैसकेको थिएन खै केमा अल्झिएको थियो । एकदिन सिआईबीमा कार्यरत एसपीसाबले बोलाएर ‘ल अभियोजनको काम शुरु गर्नुपर्यो भाइ, तिमी अनुसन्धान अधिकृत बस्नु भन्ने डिआइजी सरको आदेश छ भन्नुभयो ।

म आफू विदा जाने योजनामा थिएँ । युएन मिसनबाट फर्किएको दुईदिनमा नै निर्माण व्यवसायी संघका अध्यक्षको गोली हानी हत्या भयो । तत्कालीन आईजीपी प्रकाश अर्याल सरले घटना भएकै बेलुका आठ बजेतिर फोन गरी ल तपाई फर्किएसंगै दुई तोपको सलामी पाइहाल्नुभयो अब अनुसन्धानको जिम्मा पनि लिनुहोस् भन्नुभयो । वास्तवमै आफुलाई गौरवान्वित भएको ठानें करिब ७० हजारको संख्यामा रहेको संगठनका प्रमुखले फोन गरेर अनुसन्धानको जिम्मा दिनु सानो कुरा थिएन । छुट्टै उत्साह छाएको थियो मनमा फेरि एकपटक आफैलाई प्रमाणित गर्ने अवस्था आएको थियो । मलाई भोलिपल्टै केन्द्रीय अनुसन्धान ब्युरो रवाना गरियो । अबभन्नुहोस के म प्रकाश अर्यालको मान्छे भएँ या सिआइबीमा कार्यरत डिआइजी पुष्कर कार्कीको ?

तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफू सो पदमा बहाल भएपश्चात् बीबीसीसँगको अन्तरवार्ताको क्रममा संगठनको घाटीमा दुईवटा काँडा अड्केको र ती काँडा निकाल्नु जरुरी भएको बताउनुभएको थियो।

ती दुई काँडा भनेका रानीबारी हत्याकाण्ड र न्यायाधीश रणबहादुर बम हत्याकाण्ड थिए। जुन घटनाको अनुसन्धान जनकपुरमा कार्यरत केही उच्चकोटीका काम गर्ने जुनियर अधिकृतहरुको सहयोगमा सफल बनाइयो।

आईजीपीको आदेशमा अहोरात्र खटिएर संगठनका काँडा झिक्ने म र ती अधिकृतहरु उपेन्द्रकान्त अर्यालको मान्छे भयौं कि भएनौं लिखित जवाफ त पाइएन तर आइजीपी सर्वेन्द्र खनालले देखाएको व्यबहार त्यस्तै थियो। शायद् पूर्वआईजीपी अर्यालप्रतिको आक्रोश हामी काम गर्ने अधिकृतउपर आईजीपी खनाल पोख्न चाहानुहुन्थ्यो।

हुन त काम गर्नेहरुलाई प्रोत्साहन गर्ने कार्य प्रहरीमा धेरै कम हुने गर्छ। कतिसम्म भने धन्यवाद भन्ने शब्दसमेत हाकिमहरुबाट निकाल्न गाह्रो हुन्छ। जसले जतिसुकै फुर्ति लगाए पनि यहाँ एकाध औलामा गन्न सकिने सिनियर अफिसरहरु बाहेक दिलो ज्यान दिएर काम गर्नेमा प्रहरी जवानदेखि प्रनानि ९सई० सम्म नै बढी हुन्छन् भने केही प्रहरी निरीक्षक पनि हुन्छन्। त्यही कामलाई मैले गरें भनेर प्रचार गर्नेहरुको हाकिमहरुको कमी छैन।

म मिसनको ड्यूटी सकेर भर्खरमात्रै नेपाल फर्किएको थिए। घर परिवारसँग टाढा भएको धेरै भएको थियो। अरु साथीहरु फर्केपछि केही दिन बिदा लिएर परिवारसँग समय बिताउँछन् तर मेरो लागि त्यो छुट भएन।

आइजीले नै फोन गरेर बोलाएको अवस्थामा मैले हुन्छ सर भोलि बिहान म निवासमा नै आउँछु भन्दै गर्दा सँगै भएकी मेरी श्रीमतीको अनुहार एक्कासि परिवर्तन भई मलिन भयो तर केही बोलिनन्। उनको भाव मैले बुझे तर मसँग विकल्प थिएन।

त्यतिबेला अञ्चल प्रहरी कार्यलय प्रमुख सर्वेन्द्र सर र बारा जिल्ला प्रमुख वर्तमान आईजी ठाकुर सर हुनुहुन्थ्यो। सर्वेन्द्र सरले हामीलाई बोलाएर अनुसन्धान प्रगति विवरण माग गर्नु भाको थियो। तर सिआईवीको कार्य प्रकृतिको हिसाबले उहाँलाई सबै प्रगति जाहेर गरिरहनु नपर्ने भएकोले केही छैन प्रगति अनुसन्धान जारी छ भनेका थियौं। त्यसको ४्र५ दिनपछि संलग्न अभियुक्त पक्राउ गरेका थियौं। सायद उहाँलाई त्यही रिस थियो कि भन्ने लाग्यो। थप उहाँ नै जान्नुहोस।

सँगै फर्केका साथीहरुले पाएको पन्ध्र दिनको छुट्टी मनाउन शुरु गरेका थिए। म भने भोलि पल्टबाट झोला बोकी लागें अनुसन्धानमा। अन्तत सबै संलग्न टिमको अथक प्रयासपछि अनुसन्धान सफल भई निर्माण व्यबसायी शरद गौचनका हत्यारमध्ये केहीलाई तत्काल पक्राउ गर्न सकियो भने केही पछि पक्राउ परे।

करिब ४०/४५ दिन यही घटनामा अनि फेरिबुटवलमा अर्को गोलीकाण्ड भयो। पुन ४०/५० दिन त्यता ब्यस्त रहनु पर्ने भयो। त्यस पश्चात पुन एक दुई वटा स–साना घटनाको अनुसन्धानमा अनि फेरि अभियोजनको जिम्मेवारीभन्दा कता कता झनक्क रिस पनि उठ्यो। के मैले खालि काममात्र गर्ने हो, अनि मैले सम्झिए मेरो श्रीमतीको छ महिना अघिको त्यो मलिन अनुहार।

म मिसनबाट फर्किदा यसो गर्ने र उसो गर्ने योजना पक्कै बनाएकी थिइन। ती सबै योजना सुनाउन नपाउदै म काममा लिप्त भैसकेको थिए। मैले भनिदिए, ‘सर म अनुसन्धान अधिकृत बस्दिन मलाई बिदा चाहियो।’

यति भनेर १५ दिनको घर बिदा फारम भरी पेश गरेँ। एसपी सरले पक्कै मेरो भाव बुझ्नु भयोहोला किनकि म अलिक भिन्नरुपले प्रस्तुत भएको थिएँ, म आवेगमा थिएँ।

मेरो बिदा स्विकृत भयो म लागें घरतिर। १०/११ दिन विदा सकिएको थियो। मोवाइलमा सहकर्मी साथीको फोन आयो— सर के हो तपाईको आईजीपी सर्वेन्द्र सरसँग सम्बन्ध राम्रो छैन ररु मैले सोधें किन राम्रै छ नि भाइ।

‘के को राम्रो हुनु, आज सिआईबीमा ब्रिफिङ थियो, सबै सामेल भएका थियौं आईजी सरले खै त्यो पुड्के पुड्के थियो नि ल्यापटप बोकेर मैं हुँ भन्दै हिड्थ्यो नि कहाँ छ देख्दिन तरु अनि एक जना डिएसपी सरले को सर हजुरले दीपेन्द्रको कुरा गरिस्या होरु भन्नुभयो।

अँ हो, आईजी सावले भन्नुभयो, के सिआईबीमा त्यहीमात्र छ अनुसन्धान गर्नेरु यत्रा डिएसपी, एसपी छौ, त्यसले जे भन्यो त्यहीँ हुन्छरु त्यसको अनुसन्धान पनि देखेको हो, बारामा मैले पक्राउ गर्न आँटेकालाई यहाँबाट गएर पक्राउ गर्यो भनेर भन्नु भयो त के हो सररु’ मैले भने हो ररु खै मेरो त उहाँसँग राम्रै थियो, उहाँको चाँहि मसँग नराम्रो रहेछ क्यारे भनें। लगातार धेरैजनाबाट यही जानकारी प्राप्त भयो।

बारामा भएको के थियो भने, तत्कालीन एमालेबाट उमेदवारी दर्ता गर्न जाँदा गोली प्रहार गरी एमाले उम्मेद्वार मो। आलमको हत्या भएको थियो र सो घटनामा सिआईबीबाट डिएसपी दिनेश आचार्यको कमाण्डमा मसमेत गएर सफल अनुसन्धान गरेका थियौं।

आखिर संगठन प्रमुख मसँग व्यक्तिगत रुपमा नै किन पछाडि लाग्नु भएको हो। उक्त बिफ्रिङमा सर्वेन्द्र सरको म बिरुद्धको उक्त भनाइ मेरो राजीनामाको प्रमुख कारण बन्यो।

त्यतिबेला अञ्चल प्रहरी कार्यलय प्रमुख सर्वेन्द्र सर र बारा जिल्ला प्रमुख वर्तमान आईजी ठाकुर सर हुनुहुन्थ्यो। सर्वेन्द्र सरले हामीलाई बोलाएर अनुसन्धान प्रगति विवरण माग गर्नु भाको थियो। तर सिआईवीको कार्य प्रकृतिको हिसाबले उहाँलाई सबै प्रगति जाहेर गरिरहनु नपर्ने भएकोले केही छैन प्रगति अनुसन्धान जारी छ भनेका थियौं। त्यसको ४्र५ दिनपछि संलग्न अभियुक्त पक्राउ गरेका थियौं। सायद उहाँलाई त्यही रिस थियो कि भन्ने लाग्यो। थप उहाँ नै जान्नुहोस।

सिआईबी स्थापनाकालदेखि कार्यरत थिएँ आजको सिआईबीलाई यो उचाइमा ल्याउन मेरो पनि धेरै ठूलो भूमिका थियो यो कुराको घमण्ड र गर्व दुवै गर्ने अधिकार मसँग छ भन्ने लाग्छ मलाइ। जसको साक्षी ब्रिफिङमा रहेका सहकर्मी साथीहरु नै थिए। केही सिनियर सरहरुले डिप्लोमेटिक तरिकाले उक्त कुरा पुष्टी गरिदिनु भयो भने केहीले सिधा तरीकाले नै। यस घटनाले म आहत भएँ।

आखिर संगठन प्रमुख मसँग व्यक्तिगत रुपमा नै किन पछाडि लाग्नु भएको हो। उक्त बिफ्रिङमा सर्वेन्द्र सरको म बिरुद्धको उक्त भनाइ मेरो राजीनामाको प्रमुख कारण बन्यो।

मलाइ राजीनामा दिन बाध्य पार्ने अर्को घटना ३३ किलो सुन काण्ड हो। जसमा राज्यले निजामती कर्मचारीको नेतृत्वमा अनुसन्धान समिति गठन गरी सम्पन्न गरायो। मुटु रोगको शल्यक्रिया फिजिसियन डाक्टरबाट गराउँदा नतिजा के होलारु त्यसमा त्यस्तै नतिजा आयो।

संसारमा जहाँ पनि अपराधिक घटनाको अनुसन्धान प्रहरीले नै गर्छ। प्रहरीको विकल्प प्रहरी नै हो अरु हुनै सक्दैन। यो राज्य संचालन गर्ने जिम्मेवार निकायले सधैं ध्यान दिनै पर्छ।

अनुसन्धानको मर्म विपरीत निजामती कर्मचारीको नेतृत्वमा समिति गठन गरेर अपराध अनुसन्धानको लागि प्रहरीले प्रयोग गर्ने पद्धतिमाथि नै धावा बोलेर सनम हत्याको अनुसन्धान गर्ने प्रहरीको अनुसन्धान समूहलाई नै उक्त घटनामा संलग्न भएको निष्कर्ष निकाली कर्तव्य ज्यान मुद्दामा प्रतिवादी कायम गरी एसएसपी दिवेश लोहनीको समूहलाई नै जेल हाल्ने काम जुन गरियो, त्यसले अहोरात्र खटिएर अनुसन्धान गर्ने मजस्ता विशुद्ध अनुसन्धान गर्ने कर्मचारीहरुको मनमा ढ्याङ्ग्रो बज्यो।

इमान्दारीपूर्वक काम गर्दा उल्टै जेल पर्नु पर्नेरु दिवेश लोहनीले आफ्नो घरको काम पक्कै गरेका थिएनन् राज्य कै काम गरेका थिए, त्यो पनि संगठन प्रमुखको आदेशानुसार नै। प्राय प्रहरी कार्यमा मौखिक आदेश नै काफी हुन्छ।

असल नियत राखी काम गर्नेहरुका लागि। उहाँसँग म राम्ररी परिचित छु, उहाँको काम गर्ने शैलीसँग पनि। शरद गौचन हत्या अनुसन्धानमा हाम्रो खर्चका लागि आफ्नो व्यक्तिगत एटिएम कार्ड दिएर अनुसन्धान कार्यमा हामीलाई पठाएको घटना मेरो करियरमा नै नवीन उदाहरण थियो। मैले माथि पनि भनेको छु नेपाल प्रहरीमा थोरैमात्र यस्ता अफिसर छन् जसले अनुसन्धानको मर्म बुझ्छन।

एउटा भनाइ ‘जुत्ता लगाउनेलाई मात्र थाहा हुन्छ जुत्ताको महत्व, नलगाउनेलाई के थाहा दीपेन्द्र’ भन्दै पूर्वएआईजी देवेन्द्र सुवेदी सरले डा। भक्तमान श्रेष्ठको अनुसन्धानताका व्यक्त गरेको यो भनाइ यो काण्डमा झलझली याद आयो। अनुसन्धान गर्ने प्रहरी नै जेल जानु मेरो राजीनामाको अर्को कारण बन्यो।

दक्षिण एशियाको उत्कृष्ट प्रहरी बनाउँछु भन्नुहुन्थ्यो सर्वेन्द्र सरले। तर संगठनबाट आफ्नो विदाइमा समेत व्याचमेट उपस्थित हुने वातावरण तयार गर्न सक्नु भएन। उहाँको दम्भ कति थियो भन्ने एउटा उदाहरण यहाँ उल्लेख गर्छु।

म सिआईबीमा नै कार्यरत थिएँ जतिबेला सर्वेन्द्र खनाल अपराध महाशाखाको प्रमुख हुनुहुन्थ्यो। एकदिन उहाँको मोवाइल नंम्बरबाट फोन आयो। म कुनै अनुसन्धानकै क्रममा नक्साल आसपास थिएँ। फोन उठाएर जय नेपाल सर भनें।

उहाँले सोध्नुभयो, खै तिमी त आउँदा नि आउँदैनौरु मैंले भने, सर म काममा नै व्यस्त हुन्छु, फेरि विनाकाम हजुरलाई के डिस्टर्व गर्नु भनें। उहाँले ‘ल आउन फोन गरेर’ भन्नुभयो। सायद त्यही दिन नै म गए होला एकिन छैन। मसँग मेरो एक जना ब्याचमेट पनि थिए।

हामी सरासर हाल अपराध महासशाखा भएकै स्थानमा गयौं। केही क्षणको पर्खाइपछि उहाँले कार्य कक्षमा नै बोलाउनु भयो। भित्र गएर जयनेपाल गरेपछि बस्न आदेश भयो, हामी उहाँको सामुन्ने रहेको सोफामा बस्यौं। मलाइ ईशारा गर्दै तिमी त मेरो मान्छे ,यहाँ नै आउन भनेर छेउको सोफा देखाउनु भयो।

म आदेश पालना गर्दै गएँ। जब म नजिक गए उहाँले भन्नुभयो, ‘हेर तिमी त्यहाँ छौ म भविष्यको आईजी हुने मान्छे तिमीले मलाइ सहयोग गर्नु पर्यो। सिआईबीको हाकिम   (उक्त समयमा डिआईजी हेमन्त मल्ल) डिआईजीबाट नै घर जाने हो त्यसकारण त्यहाँको सबै सूचना मलाइ दिनुपर्यो, सबै काम यतैबाट गर्नुपर्छ’ भन्नु भयो। म सिधा र स्पष्ट कुरा गर्ने बानी भएको मैंले भने, ‘सर म विशुद्ध प्राविधिक अनुसन्धान गर्ने हो।

व्यक्तिगत हिसाबले सूचना कम नै आउँछन्। मैले सूचनाको लागि कसैलाई राखेको छैन। सरलाई आवश्यकता पर्यो भने म प्राविधिक सहयोग गर्न सधै तयार छु।’ केही बेरको संवाद र चिया पिएपछि विदा भइयो।

बाहिर निस्किदै गर्दा पहिला चिनेको दबङ्ग छविका सर्वेन्द्र खनालको काइते कुरा सुन्दा उही ड्याङका मुला रहेछन् भन्ने लाग्यो, मन खिन्न भयो। उनी चर्चित हुन कतिसम्म गैह्रव्यवसायिक काम गर्दा रहेछन् भन्ने बुझ्न नि गाह्रो भएन।

उहाँले भन्नुभयो, ‘हेर तिमी त्यहाँ छौ म भविष्यको आईजी हुने मान्छे तिमीले मलाइ सहयोग गर्नु पर्यो। सिआईबीको हाकिम ९उक्त समयमा डिआईजी हेमन्त मल्ल० डिआईजीबाट नै घर जाने हो त्यसकारण त्यहाँको सबै सूचना मलाइ दिनुपर्यो, सबै काम यतैबाट गर्नुपर्छ’ भन्नु भयो। म सिधा र स्पष्ट कुरा गर्ने बानी भएको मैंले भने, ‘सर म विशुद्ध प्राविधिक अनुसन्धान गर्ने हो।

सँगै गएको साथी पनि छक्क पर्यो। तेरो त सबै हाकिमसँग राम्रो छ जागिर चाहिँ मज्जाले खाने भइस् निरु उसले हेर्ने नजर नै फरक थियो। तर त्यही भेट पनि मेरो लागि नकारात्मक नै बनेको रहेछ।

मेरो विदा सकियो। म लागें काठमाडौं कार्यालयमा हाजिर हुन। १५ दिनको विदा सकेर सदाका लागि नेपाल प्रहरीबाट विदालिने कठोर संकल्पका साथ पारिवारिक सल्लाह भयो।

भावी रणनीति के गर्ने भनेर तयार गरिसकेको थिएँ। मेरो एउटा गजबको बानी के छ भने जस्तोसुकै परिस्थितिलाई पनि सामान्यरुपमा ग्रहण गर्ने, जसले गर्दा म दुखी भएको मशसुस कम नै गर्ने गर्छु।

केही सीमित साथीहरुलाई सुनाउँदा राजीनामा दिएको ठीक भन्ने कोही थिएन। अझ अंगुर जिसीले त धेरै सम्झाएको हो ,नदे राजीनामा भनेर। मैले भनेको थिएँ, हामी सुरक्षित छैनौं, आज उहाँ नै सही काम गर्दा गर्दै नालायक नेतृत्वको गलत निर्णयको कारण आफ्नो अस्तित्वको लडाइ एक्लै लडिरहनु भएको छ।

मैले राजीनामा नदिएको भए म पनि अंगुर जिसीसँगै अस्तित्वको लडाइ लडिरहेको हुने थिए। काठमाडौं पुगें, कार्यलायमा हाजिर भएँ र डिआईजी सरलाई मौखिकरुपमा जनकारी गराएँ राजीनामा दिन्छु भनेर। सायद उहाँले घुर्क्याएको मात्र हो भन्ने ठान्नु भयो होला।

भोलिपल्ट लिखित राजीनामा पेश गर्दा उहाँले बोलाउनु भयो। र, सम्झाउनु भयो, नदेऊ केही भए म गर्छु भन्नुभयो। मलाई राम्रोसँग थाहा थियो, यो केवल आश्वासनमात्र हो भनेर। अहिले राखी राख्नु भन्नुभयो। म पनि बाहिर निस्किएँ।

भोलिपल्ट डिआईजी सरको फोन आयो, आईजीसाबले बोलाउनु भएको छ, भेट्न जानु भन्नुभयो। म लागें प्रहरी प्रधान कार्यालयको आईजीपी सचिवालयतिर।

वास्तवमा मनैदेखि भन्नु पर्दा मलाइ उहाँको अनुहार पनि हेर्न मन थिएन तर पनि अनुशासित भएकाले सलाम गरें। प्रश्न शुरु भयो राजीनामा किन दिएकोरु सरुवा कहाँ जाने त्यहीं पठाइदिन्छु, मिसनमा कोटा थप्दै छु मिसनमा हाल्दिन्छु। उहाँले प्रमोसन गरिदिने मात्रै होइन जे भन्छौ त्यही गरिदिनेसम्म भन्न छाड्नुभएन।

मलाइ झन् रिस उठिरहेको थियो। यो सब नाटक हो भन्ने मैंले बुझेको थिएँ। मैले जवाफ दिएँ, ‘सर तलबले खान पुगेन, परिवार धान्न नि गाह्रो भयो, अब संगठनमा काम गर्ने वातावरण पनि छैन। अर्को कुरा मेरो काम गर्ने जुन स्वाभिमानको घडा थियो त्यो भरियो। त्यसैले अब संगठनमा रहिरहनु पनि उचित हुन्न। पारिवारिक सरसल्लाह भैसकेको छ नत्र सरले बुझ्दा नि हुन्छ’ भने।

उहाँले एकदुई जनाले जागिर छाड्दा दुख पाएको कुरा भन्नुभयो। मैले दुई छाक खानलाउन पुग्छ सर भनें। अलिक भावुक भएछु करिब २ मिनेट स्तब्ध भएँ। घरी घरी मलाइ हेर्नु हुन्थ्यो। म भने एक नजरले उहाँलाई नै हेरिरहेको थिएँ। यस्तो लाग्थ्यो उहाँलाई नजर मिलाउन गाह्रो भैरहेको थियो। फेरि सरुवा जाउ भन्नु भयो। मैले भने सहज तरीकाले बहिर्गमनको बाटो दिनुहोला सर नभए अरु नि उपाय होला भने।

केही बेरपछि जाने नै हो भने ठिकै छ ल हात मिलाउ भनेर हात दिनु भयो। नचाहेर नै हात मिलाएर जय नेपाल भन्दै विदा भएँ। आज व्यक्तिगत रुपमा खुशी छु तर संगठन जुन गतिमा अघि बढ्दै जानु पर्दथ्यो नालायक व्यक्तिको नेतृत्वको कारणले संगठनमा जुन क्षति भयो सो कारण अझै दश वर्ष उच्च मनोवलका साथ काम गर्ने चाहना पूरा नभएकोप्रति चाहिँ अझै दुखी छु।

(डिसी नेपाल डटकमबाट साभार)

प्रतिक्रिया दिनुहोस्