Logo
Logo

बालुवाटारमा सत्ता गठबन्धनको बैठक


1.2k
Shares

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन दलका नेताहरुको बैठक जारी छ । अहिले भर्खरै सुरु भएको बैठकमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नाउपा लगायत दलका नेताहरु सहभागी छन् ।

बैठकमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवार चयन, संघीयता कार्यानवयन लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल आउँदो २२ फागुनमा सकिँदै छ । नयाँ अध्यक्ष चयन गर्नका लागि दलहरुबीच छलफल भएको हो ।

राष्ट्रियसभाको अध्यक्षमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ । तर, राष्ट्रियसभामा सबैभन्दा ठूलो दल बनेको नेकपा माओवादी केन्द्रले अध्यक्षमा दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्