Logo
Logo

बाँसबारीको १० रोपनी जग्गा फिर्ता गर्न २१ दिने अल्टिमेटम


1.1k
Shares

काठमाडौं । बाँसबारीस्थित छालाजुत्ता उद्योगको १० रोपनी सरकारी जग्गा नेपाल सरकारका नाममा फिर्ता गर्न २१ दिने सूचना जारी भएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले च्याम्पियन फुटवेयर हाल चाँदबाग रेसिडेन्सीका नाममा २१ दिने सूचना जारी गरेको हो । चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति अध्यक्ष संजय ठाकुरलाई २१ दिनभित्र आफैं वा वारेसमार्फत उपस्थित हुन कार्यालयले पत्र काटेको हो ।

कार्यालयले प्रतिवादीलाई २१ दिनभित्र उपस्थित नभए कानुन अनुसार जग्गा सरकारका नाममा ल्याउन स्वतः प्रक्रिया अघि बढ्ने सूचनामा जनाएको छ । चाँदबाग सिजी होल्डिङ्सअन्तर्गत सञ्चालित कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्