Logo
Logo

सगरमाथा विमानस्थलको निर्माण प्रक्रिया छिट्टै अघि बढ्छ : पर्यटनमन्त्री


504
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रियुगा नगरपालिका–१ जोगिदहमा प्रस्तावित सगरमाथा विमानस्थलको निर्माण तत्काल अघि बढाइने बताएका छन् ।

शुक्रबार उक्त क्षेत्रको निरीक्षणपछि उनले उक्त विमानस्थल निर्माणका लागि पटक–पटक आवाज उठिसकेकाले मन्त्रालयले अब प्रक्रिया छिट्टै अघि बढाउने बताएका हुन् ।

‘विमानस्थल निर्माणका लागि रु पाँच करोड बजेट बिनियोजन भइसकेको छ भने मन्त्रालयले काम अघि बढाइसकेको छ’, उनले भने । कोशी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि उदयपुरको जोगिदलमा निर्माण हुने विमानस्थल महत्वपूर्ण भएको उनको भनाइ थियो ।

भारतदेखि भुटानसम्मका पर्यटकलाई सगरमाथा क्षेत्रको भ्रमण गर्न र खोटाङको हलेसी महादेवसम्मको पर्यटन प्रवर्द्धन र विकासका लागि विमानस्थलको महत्वपूर्ण भूमिका रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्