Logo
Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ स्थिर हुँदा युरो र पाउण्डको भाउ बढेको छ । 

जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसा कायम गरिएको छ । आज युरोपियन युरोको एकको खरिददर १४२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १४३ रूपैयाँ ६० पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २१ पैसाले बढेको हो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ भने २८ पैसाले बढेर एकको खरिददर १६७ रूपैयाँ ३९ पैसा र बिक्रीदर १६८ रूपैयाँ १५ पैसा कायम गरिएको छ । आइतबार भने यसको खरिददर १६७ रूपैयाँ ११ पैसा र बिक्रीदर १६७ रूपैयाँ ८७ पैसा तोकिएको थियो ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ४८ पैसा र बिक्रीदर ८६ रूपैयाँ ८७ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ४९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ९३ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर ८ रूपैयाँ ८८ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९२ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४३ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५१ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९६ पैसा तथा बिक्री दर १० रुपैयाँ कायम भएको छ । 

यसैगरी, कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५१ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३६ रूपैयाँ २६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर २७ रूपैयाँ ८२ पैसा र बिक्रीदर २७ रूपैयाँ ९५ पैसा तोकिएको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ५२ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ४६ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । यता भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्