Logo
Logo

आज डलरसहित युरो र पाउण्डको भाउ घट्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरसहित युरो र पाउण्डको भाउ घटेको छ । 

जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ११ पैसा कायम गरिएको छ । यो मूल्उ अघिल्लो दिनको तुलनामा ०५ पैसाले घटेको हो ।

युरोपियन युरोको एकको खरिददर १४२ रूपैयाँ ७१ पैसा र बिक्रीदर १४३ रूपैयाँ ३६ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २४ पैसाले घटेको हो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ भने २१ पैसाले घटेर एकको खरिददर १६७ रूपैयाँ १९ पैसा र बिक्रीदर १६७ रूपैयाँ ९४ पैसा कायम गरिएको छ ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ४० पैसा र बिक्रीदर ८६ रूपैयाँ ७९ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ३८ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८३ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९३ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९७ पैसा तथा बिक्री दर १० रुपैयाँ ०१ पैसा कायम भएको छ । 

यसैगरी, कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३४ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३४ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५० पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०८ पैसा र बिक्रीदर ३६ रूपैयाँ २४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २७ रूपैयाँ ८१ पैसा र बिक्रीदर २७ रूपैयाँ ९३ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ४२ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ३७ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ १० पैसा तथा भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्