Logo
Logo

क्वार्टरफाइनलमा आज नेपालले कुवेतको सामना गर्दै


630
Shares

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटको चारवटै क्वार्टरफाइनल खेल बुधबार हुँदैछ । प्रतियोगिताको क्वार्टरफाइनलमा नेपालले कुवेतको सामना गर्नेछ । नेपाल र कुवेतबीचको खेल बिहान ११ः १५ बजेबाट सुरु हुनेछ ।

अन्य क्वार्टरफाइनलमा हङ्कङले थाइल्यान्डको, इन्डोनेसियाले संयुक्त अरब इमिरेट्स (यूएई) को र आयोजक मलेसियाले जापानको सामना गर्नेछन् । नेपाली टोली प्रारम्भिक चरणमा तीनवटै खेल जित्दै समूह ‘डी’ को विजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको हो ।

नेपालकै समूहबाट उपविजेता बन्दै हङ्कङ क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई पनि आठ विकेटले पराजित गरेको थियो ।

यसैगरी नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्समाथि दुई सय १४ रनको कीर्तिमानी जित हासिल गरेको थियो । नेपालले अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटमा कुनै पनि टोलीविरुद्ध हासिल गरेको यो सबैभन्दा ठुलो रनअन्तरको जित हो ।

प्रतिक्रिया दिनुहोस्