Logo
Logo

चण्डिकाप्रसाद भट्टराईको आँखीझ्याल विमोचन



गल्याङ । साहित्यकार चण्डिकाप्रसाद भट्टराईको कविता संग्रह आँखीझ्याले विमोचन भएको छ । जगत्रदेवी साहित्य संगम गल्याङले आयोजना गरेको स्रष्टा सम्मान तथा काव्य गोष्ठी समारोहका बीच भट्टराईको कविता संग्रह आँखीझ्याल विमोचन भएको छ ।

गल्याङ बजार स्थित गल्याङ बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले साहित्य मानव मस्तिष्कलाई वौद्धिक बनाउने अस्त्र भएको बताए । उनले साहित्यले मानवमा सकरात्मक चिन्तनको प्रवाह गर्ने भन्दै साहित्यमा लागेको मानिसले उत्प्रेरणाका कुरा गर्ने बताए ।

भट्टराईले गल्याङ नगरपालिका साहित्यलाई उर्वर बनाउन लागि परेको भन्दै सबैलाई सहित्यका संगठनमा जोडिएर एकतावद्ध हुन सुझाव दिए । कार्यक्रममा वरिष्ठ साहित्यकार डा. विप्लव ढकाल, वरिष्ठ गजलकार जीवनपानी, गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने, डा.पद्मा अर्याल लगाएतले साहित्यको विषयमा बोलेका थिए ।

समारोहमा कविहरु हरिप्रसाद भट्टराई, लेखनाथ काफ्ले, वसन्त खनाल, भीम न्यौपाने, खगेन्द्रजङ्ग थापा, वसन्ती अधिकारी, कला पाठक, सिर्जना खनाल, प्रवेश अर्याल, ध्रुवप्रसाद शर्मा पङ्गेनी, सुर्यप्रसाद डुम्रे लगाएतले रचना वाचन गरेका थिए । कृतिको जीवनपानी र डा. विप्लव ढकालले समीक्षात्मक टिप्पणी गरेका थिए ।

जगत्रदेवी साहित्य सङ्गमका संस्थापक अध्यक्ष तथा साहित्यकार सुर्यप्रसाद डुम्रेलाई सम्मान गरिएको छ । सम्मानित व्यक्तित्वको बारेमा मिलन समीरले प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्