काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर गर्ने कार्यक्रम छ । बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूचीमा रहेको छ ।

त्यस्तै, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बधी पत्र पढेर सुनाउने पनि सूचीमा रहेको छ ।
साथै, अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धी अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।














