Logo
Logo

डीएसपी गोविन्द पन्थीले पाए अन्तर्राष्ट्रिय अवार्ड


455
Shares

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द पन्थीले अन्तर्राष्ट्रिय (अवार्ड पाएका छन् । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध काम गर्ने संस्था ‘किन इन्डिया’ ले डीएसपी पन्थीलाई अन्तर्राष्ट्रिय अनुसन्धान अवार्ड प्रदान गरेको हो ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा रहँदा डीएसपी पन्थीले मानव बेचबिखनविरुद्ध उत्कृष्ट अनुसन्धान गरेको सो संस्थाको ठहर छ । अहिले उनी उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् । सन् २०२३ मा बेचबिखनको क्षेत्रमा उत्कृष्ट अनुसन्धान गरेको भन्दै संस्थाका अध्यक्ष नवीन जोशी र सल्लाहकार इन्द्र भट्टराई सहितको टिमले उनलाई अवार्ड हस्तान्तरण गरेका हुन् ।

अवार्ड हस्तान्तरण कार्यक्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौर पनि सहभागी थिए । दिल्लीस्थित राजदूतावासमा आयोजित कार्यक्रममा जान नपाएपछि सो संस्थाले उनलाई मिनभवनस्थित अपराध अनुसन्धान कार्यालयमा नै अवार्ड प्रदान गरेको हो ।

डीएसपी पन्थी हाल उपत्यका अपराध अनुसन्धान कार्यालयको पिलर नम्बर–८ मा वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा अनुसन्धान गर्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको जालो पन्थी नेतृत्वको टिमले ब्रेक गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्